मालिकार्जुनमा सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता उद्घाटन, १६ टिम सहभागि

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दिपेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता एक कार्यक्रमका बिच शुक्रबार उद्घाटन गरिएको छ । मालिकार्जुन गाउँपालिकाको प्रायोजन र दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा बिजयादशमीको अवसरमा सर्वाधिक धनराशि पुरस्कार, कप तथा मेडल सहितको खुल्ला अन्तर वडास्तरिय भलिवल प्रतियोगिता मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि र खेलप्रेमीको सहभागितामा भलिवल प्रतियोगिता उद्घाटन गरिएको हो । भलिवल प्रतियोगिता उद्घाटन संगै दशैँ तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको समेत मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ प्रेमनगर खेलमैदानमा आयोजना गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त खेलमा विभिन्न स्थानीय तहबाट १६ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

छैटौँ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलिले नगद रु. एक लाख १३ हजार ११३ सहित प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष माधव सिंह धामीले जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा द्धितिय स्थान प्राप्त गर्ने टोलिले नगद रु. ५५ हजार ५५५ र तेस्रो हुने टिमले २२ हजार २२२ नगद सहित प्रमाणपत्र पाउने छन ।

भलिबल खेलाडीको सम्मान तथा मालिकार्जुनका स्थानीय युवा स्व. दिपेन्द्र सिंह धामीको सम्झनामा विगत वर्षहरुमा जस्तै यो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

सायद ७ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद ३ जना मानिसहरू, भलिबल खेलिरहेका मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

सायद १३ जना मानिसहरू, भलिबल खेलिरहेका मानिसहरू र फुटबल खेलिरहेका मानिसहरू को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?