दार्चुला । इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ । इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) बेलुकी धनगढी पुगाइएको हो।
फ्लाई दुबईको विमानमार्फत् विहान काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव बेलुकी धनगढी पुगेको हो । धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो। चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरेको हो। दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम गाउँपालिका–५ का दिपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
गत असोज २० गते शनिबार हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार विहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया