यूएईलाई ५ विकेटले हराउँदै नेपाल विजयी

दार्चुला । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले अपराजित यात्रा कायमै राखेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराउँदै अपराजित यात्रा कायमै राखेको हो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै, कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ तथा गुलसन झा र करण केसीले १÷१ विकेट लिए ।

नेपाल यसअघि नै समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै, नेपालले हङकङलाई दुवै खेलमा हराएको थियो । अब नेपालले युएई र हङकङबिच कात्तिक ८ गते हुने खेलको विजेतासँग फाइनल खेल्ने छ । कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?