बैतडीमा जात्रा हेर्न गएका एक पुरुषको लडेर मृत्यु

दार्चुला । बैतडीमा जात्रा हेर्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घर नजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजादै गर्दा आज सोमबार बेलुका बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?