मनोसामाजिक समस्याविरुद्ध चेतना फैलाउन प्रधानमन्त्रीको निर्देशन

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलकाक्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकको विशेष योगदान हुने बताउनुभयो ।

प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ‘कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।

प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार सो अवसरमा प्रा. डा. सुदर्शन नरसिंह प्रधान, डा। पशुपति महत, प्र. डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल, डा. रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?