दार्चुला । कैलालीमा गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका वडा नम्बर ६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिदा अन्दाजी ७० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी महिलाको राती उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया