कर्नाटकमा कार र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

दार्चुला । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा आज बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।

प्रहरीका अनुसार यात्रु बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो ।

कुहिराका कारण बाटो स्पष्ट नदेखिएकाले सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?