अब बझाङ- काठमाण्डौं एसी सुबिधा सम्पन्न डिलक्स बस सेवा सुरु

दार्चुला । बझाङबाट काठमाडौंका लागि आरामदायिक सुबिधा सम्पन्न बस सेवा सुचारु भएको छ । खप्तड यातायात प्रालिद्धारा सञ्चालित एसी डिलक्स सेवा सहितको बस एक कार्यक्रमका बीच शुक्रबार शुभारम्भ गरिएको हो ।

सदरमुकामको नया बसपार्कबाट काठमाडौंका लागि छुट्ने बसको जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले रिबन काटेर उद्घाटन गरेका छन् ।

अब बझाङबाट सिधा काठमाडौँ सम्मको यात्रा गर्न सकिने छ । सेवाग्राहिहरुको माग अनुसार सञ्लाक समितिको बैठक पछि एसी सहितको गाडी सञ्चालनमा ल्याइएको हो । प्रालिले बझाङबाट काठमाडौंका लागि नयाँ बस सेवा थप गरेको हो ।

फोल्डीङ्ग सिट, एसी सुबिधा सम्पन्न डिलक्स बस बझाङबाट प्रत्येक दिन बिहान ७ बजे काठमाडौंका लागि छुट्ने खप्तड यातायात प्रालिका अध्यक्ष अनन्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?