गाईको बाछो तराउने क्रममा सेती नदीमा बगेर एकजना बेपत्ता

दार्चुला । बझाङमा सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका वडा नम्बर ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन्।

उनी आज दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उहाँको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?