बैतडीको पञ्चेश्वरमा किशोरीमाथि करणी, एक जना पक्राउ

दार्चुला । बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर आइतबार पक्राउ परेका हुन्।

ती किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पक्राउ परेका किशोर माथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?