टि–ट्वेन्टी विश्वकप छनौट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

दार्चुला । आईसीसी टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ ।

खेल दिउसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुनेछ । आजका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्नेछन् ।

हिजोको खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

हिजोको जितसँगै नेपालले समुहमा अग्रता लिएको छ । समुह ‘ए’ मा नेपाल र ओमानको दुई दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन छन् ।

विश्वकप छनौटको समुह ‘बि’ मा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका छन् । पहिलो दिनको खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदा युएईले बहराइनमाथि ५ विकेटको जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?