हमासद्वारा बन्दी बनाइएकाहरूको भिडियो सार्वजनिक

दार्चुला । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । हमासले सोमबार एक भिडियो सार्वजनिक गर्दै अक्टोबर ७ मा भएको आक्रमणका क्रममा २३० भन्दा बढी व्यक्तिहरूमध्ये तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ ।

भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् ।

हमासले सार्वजनिक गरेको भिडियोबारे इजरायलले ’मनोवैज्ञानिक प्रोपोगान्डा’ भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।

हमासले कम्तीमा २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?