दार्चुला । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायीको मृत्यु भएको छ। जिल्ला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतको वनवासका व्यवसायी रोहित अग्रवालको मृत्यु भएको हो।

आज मङ्गलवार साँझ यूके ०३ डी ५९५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका अग्रवालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

साइकलमा सवार शुक्लाफाँटा–५ का रमेश पाललाई बचाउन खोज्दा दुर्घटना भएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?