दार्चुला । भारतबाट मजदुरी गरेर घर फर्किरहेका दुई जना नेपाली हरिद्वारमा लुटिएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ भारत उत्तराखण्डको हरिद्वारमा नेपालीबाटै लुटिएका हुन्।

सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो ।

दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए। हरिद्वारमा सुर्खेत घर बताउने एक जना नेपालीले होटेलमा लगेर चिया बिस्कुट खान दिइ आफुहरूलाई बेहोस् बनाएर लुटपाट गरेको उनिहरुले बताएका छन् ।

आज बुधबार बिहानै गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?