डोटीको गैरा नजिक मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

दार्चुला । डोटीको गैरा नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका १ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतक र घाइतेको परिचय खुल्न बाकी छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?