दार्चुला । कैलालीमा लागुपदार्थ ब्राउनसुगरसहित बैतडीका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय सन्दिप चन्द रहेका छन् ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित चन्द बुधबार राति पक्राउ परेका हुन् ।
पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया