दार्चुला । कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय खडकबहादुर विष्टको मृत्यु भएको हो।
शुक्रवार राति पहाडदेखि तराइ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल चालक विष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




