इजरालयमा मारिएका फुलारा र थापाको शव एक महिना पछि डोटी आइपुग्यो

दार्चुला । प्यालेस्टाईनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव डोटी आईपुगेको छ । नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउसो करिब ३ बजे डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका—५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलबाट आफन्तले शव बुझेका छन् ।

विमानस्थलमा दुवै शवहरू आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुगेका थिए ।
मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पु¥याउन लगिएको छ । दुवै शवको भोलि सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरूले जानकारी दिएका छन् ।

सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते इजरायल पुगेका थिए । उनीहरूको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।उनीहरुको शव झण्डै एक महिनापछि नेपाल आइपुगेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?