दार्चुला । चौबिसै घण्टा प्रहरीको सुरक्षा पहरामा रहने कैलाली जिल्ला अदालतबाट पेस्तोल, गोली र मोबाइल चोरी भएको छ।
अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल एक थान कटुवा पेस्तोल र त्यसका लाग्ने गोली समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी कुलदीप चन्दले बताउनुभयो।
मिसिल पनि चोरी भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । अदालत भित्रैबाट कसले चोरी गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया