दार्चुला । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी भालुको आक्रमणबाट घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला मङ्गलवार बेलुका ५ बजेतिर आउँजीलाई भालुले आक्रमण गरेको हो ।
उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा लगिएकोमा थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको अस्पताले जनाएको छ ।
आक्रमणबाट घाइते भएकी आउँजीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया