दार्चुला । बैतडीको मेलौलीमा एक किशोरी मृत फेला परेकी छन् । मेलौली नगरपालिका वडा नम्बर २ चमागाउँकी १६ बर्षीया बिमला चन्द हिजो बुधबार साँझ मृत फेला परेकी हुन् ।
आफ्नै घरको सुत्ने कोठामा बुधबार साँझ सवा पाँच बजेतिर झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया