दार्चुला । बैतडीमा भिरबाट लडेर एक किशोर घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ घमाली बस्ने २० बर्षीय राकेश कार्की लडेर घाइते भएका हुन्।
बुधबार दिउँसो धर्मघरबाट घर जाने क्रममा घमाली भिरबाट लडेर कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो।
भिरबाट लडेर २५ मिटर जति तल खसेका कार्कीको भित्री शरीरमा चोट लागेको छ भने खुट्टा र कानमा समेत चोट रहेको छ।
उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया