कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७५ प्रतिशत विद्यार्थी सफल

दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले गत असोज ९ र १० गते सञ्चालित पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

२०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी भएका थिए।

यसपटक १ लाख १७ हजार ८८२ परीक्षार्थीले पूरक परीक्षा दिएका थिए। पूरक परीक्षा दिएकामध्ये ८८ हजार ९४७ अर्थात् ७५.४५ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

नतिजमा चित्त नबुझेको परीक्षार्थीले १५ दिनभित्र ८ मंसिरभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?