दार्चुला । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । धनगढी १६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटीको गएराती मृत्यु भएको हो ।
कुटपिटको अभियोगमा कार्तिक २० गते पक्राउ गरी थुनुवा कक्षमा राखी प्रहरीले अनुसन्धान गरिरहेको थियो । उनलाई बिरामी भएपछि अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।
कुनै दीर्घकालिन रोग नभएको कृष्णको मृत्यु भएको छानविन गर्न मृतकका दाजु गणेश रोकायाले माग गरेका छन् । २२ गते थुनुवा कक्षमा रहेका कृष्णलाई कपडा समेत दिएर गएको थियौ दाजु गणेशले भने आज २३ गते मृत्यु भएको भनेर प्रहरीबाट जानकारी आएको हो । थुनुवा कक्षमा मृत्युको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक चन्दले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया