दार्चुला । बैतडीमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय, बैतडीले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको जनाएको हो।
देउसी–भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले सबैले सचेत रहन, म्याद नाघेका सामग्रीहरू बिक्री नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन्।
यस्तै, तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुनअनुसार कारबाही हुने पनि बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया