धनगढी उपमहागरपालिकाले दिन थाल्यो विपन्न नागरिकको मृत्यु संस्कारमा सलामी र आर्थिक सहयोग

दार्चुला । धनगढी उपमहागरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा उपमहानगरको झण्डा ओढाउन र प्रहरीबाट सलामी दिन थालेको छ । यसका साथै उपमहागरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि मृत्यु संस्कार गर्न आर्थिक सहयोगसमेत गर्न थालेको छ ।

कैलालीको नगढी उपमहानगरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा दाउराका लागि ५ हजार रुपैयाँसँगै उपमहानगरको झण्डा ओढाएर प्रहरीले सलामी दिने निर्णय गरेको हो । विपन्न नागरिकको मृत्यु हुँदा सरकारी झण्डा ओढाएर र प्रहरीको सलामी सहितको अन्तिम संस्कार हुन थालेपछि धनगढीका नागरिक प्रफुल्ल देखिन्छन् ।

यसले आर्थिक अवस्था कमजोर भएकै कारण अन्तिम संस्कार गर्नसमेत नसक्ने स्थितिका नागरिकलाई राहत भएको छ भने यसले उपमहानगरबासीलाई इज्जत पनि दिएको छ ।

उपमहानगरले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरमा कसैको मृत्यु भए शव वाहनका लागि टोल फ्री नम्बरमा फोन गरेर खबर गर्न आग्रहसमेत गरेको छ । उपमहानगरीय प्रहरीले शवमाथि उपमहानगरको झण्डा ओढाउँदै अन्तिम सलामी समेत दिने गरेको उपमहानगरीय प्रहरी बल धनगढीका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।

विपन्न परिवारलाई आफन्तको असामयिक मृत्यु हुँदा दाहसंस्कार गर्न दाउरा किन्ने पैसासमेत नहुने भएकाले ससम्मान अन्त्येष्टी गर्न धनगढी उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

आर्थिक अभावकै कारण टायरमा जल्नुपर्ने परिस्थितिको अन्त्य गर्न उपमहानगरले दाउराका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यति मात्रै नभएर घाटसम्म शव पु¥याउनका लागि उपमहानगरले निःशुल्क शव वाहनको समेत व्यवस्था गरेको छ ।

दाउराका लागि आर्थिक सहयोग गर्न घरमै पुग्ने उपमहानगरीय प्रहरीले शवमाथि उपमहानगरको झण्डा ओढाएर सलामी पनि दिने गरेको मेयर गोपाल हमालले बताउनु भयो ।

उपमहानगरको यो कदमबाट उपमहानगरबासी निकै लाभान्वित बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?