कैलालीमा जिप दुर्घटना

दार्चुला । जिप दुर्घटना हुँदा कैलालीमा चार जना घाइते भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे१ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?