डोटीमा जिप दुर्घटना

दार्चुला । डोटीमा जिप दुर्घटना भएको छ । आइतबार बोगटानबाट दिपायल आउँदै गरेको जिप केआइ सिंह गाउँपालिका वडा नम्बर५ बुहारगाउँ स्थित दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार सुपप्र ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३० वर्षीय चालक टेक भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका २ का अन्दाजी १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन् । जिपमा चालक र एक जना यात्रु मात्रै सवार थिए ।

घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?