दार्चुला । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ लामखाल स्थित कच्चि सडक खण्डमा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ।
सोमबार सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
ट्याक्टर र ट्याक्टर चालक प्रेम ठकुल्लालाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया