मानसिक रुपमा कमजोर महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

दार्चुला । कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुंगे बजारकी ३० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका हुन् । ती महिला मानसिक रूपमा अस्वस्थ छिन्।

पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय ४५ वर्षीय प्रकाश जैसी छन्।

जैसीमाथि ती महिलालाई घरमा कोही नभएको मौका छोपी बुधबार साँझ बलात्कार गरेको आरोप छ।

प्रहरीले उनलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?