बैतडीमा एक युवक मृत फेला

दार्चुला । बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मल्लीओढार बस्ने अन्दाजी २२/२३ बर्षीय तर्कराम महर शुक्रबार बिहान मृत फेला परेका हुन् ।

घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् ।

मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए । तर घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?