दार्चुला । कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । धनगढीबाट अत्तरियातर्फ गइरहेको म प्र ०३०१ख९६५० नम्बरको ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका वडा नम्बर २ बस्ने ६० वर्षीय भगवती रोस्यारा (कटि फुपु) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया