धनगढीमा आगलागीबाट झण्डै १८ करोडको क्षति

दार्चुला । धनगढीमा आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

शनिबार राति धनगढी उपमहानगरपालिका–१ को एलएनचोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भई भएको आगलागीबाट १७ करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सदीक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।

यस्तै भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड बराबरको भौतिक संरचनामा क्षति भएको छ भने दुई लाख २० हजार रुपैयाँ बराबरको कर्मचारीको स्कुटर जलेर नष्ट भएको छ ।

शनिबार राति १ बजे भण्डारी सुज सेन्टरमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?