दार्चुला । बझाङमा सेती नदिमा बग्दै गरेकी एक बालिकाको उद्धार गरीएको छ ।
जिललाको जयपृथ्बी नगरपालिका वडा नम्बर ३ पडेशकी ११ बर्षिया अमिसा ओखेडालाई सेती नदिबाट जिबितै उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।
आइतबार बिहान ९ः३० बजे बालिका घरबाट पुजाको लागि जल ल्याउन भनि सेती नदीमा आएको र नदी किनारको ढुङ्गाबाट एक्कासी चिप्लेर सेती नदीमा खसेकि थिइन।
स्थानीयहरुले प्रहरीलाइ सेती नदीको बिच ढुगामा एक जना अड्रकिएको भन्ने खबर गरेपछि वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरीक्षक हरिशराज पन्तको कमाण्डमा–५ जनाको प्रहरी टोली र स्थानियहरु गएर बालिकाको सकुसल उद्दार गरीएको हो ।
बालिकालाइ आफन्तको जिम्मा लगाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया