कक्षा ११ को आन्तरिक मूल्यांकनको काम विद्यालय खुलेपछि मात्र हुने

दार्चुला । कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरणलगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ।

सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको कार्यक्रम हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे। अध्यक्ष पौडेलले कोरोना महामारीका कारण तत्कालै मूल्यांकन, प्रमाणीकरणका सबै कार्यक्रम गतिविधि सञ्चालन गर्न नसकिने बताउनुभयाे।

‘कार्यविधि जारी भएको एक महिना भइसकेको छ,’ उहाँले भन्नुभयाे,‘आन्तरिक मूल्यांकन जस्ता कार्यक्रमको लागि पहिला विद्यालय खोल्नुपर्छ। सरकारले विद्यालय खोल्ने निर्णय गरेपछि मात्रै यी सबै काम हुन्छ। कोरोना महामारीले तत्कालै काम गर्न सकिन्न।’ आन्तरिक मूल्यांकनको जिम्मा विद्यालयलाई दिइएकाले सबै काम विद्यालयललै गर्नुपर्ने उहाँले बताउनुभयाे।

कोरोना महामारीले परीक्षा गराउने सम्भव नभएपछि सरकारले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि, २०७७ जारी गरेसँगै सम्‍पूर्ण जिम्मा विद्यालयले पाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?