दार्चुला । कैलालीको धनगढीबाट ८८० ग्राम चरेससहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन्।
नेपाल प्रहरीका अनुसार बोहरालाई अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उक्त चरेससहित पक्राउ गरेको हो। पक्राउ परेका बोहरामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया