दार्चुला । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा बुधवार साँझ ४ः३५ बजे पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो।
उक्त शव कृष्णपुर–१ पिपरैया बस्ने अन्दाजी ६० वर्षीय बन्धु रानाको रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया