दार्चुला । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ श्रीखण्डबाट सुर्नया गाउँपालिका वडा नम्बर २ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर जाँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार आज शुक्रबार बिहान दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँकी १५ वर्षीया पुजा भट्ट र १२ वर्षीय शुसिल भट्ट घाइते भएका हुन् । उनिहरुको सत्बाजमा रहेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ ।
जिप अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया