प्रशिद्ध मेलौली जात्राको लागि १० र ११ गते सार्वजनिक बिदा

दार्चुला । बैतडीको मेलौली नगरपालिकाले प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहिजाँत’को लागि दुई दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै यहि मंसिर १० र ११ गतेका दिन बिदा दिने निर्णय गरेको हो।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक एवम वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी दिनुभयो।

कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो ।

बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् । मेलौली भगवती माताको दर्शन गरेमा मनोकामना पूर्ण हुने विश्वास रहेकाले टाढा टाढाबाट दर्शानार्थीहरु आउने गरेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?