बैतडीको प्रसिद्ध मेलौली मन्दिरमा आजदेखि ‘देहिजाँत’ मेला सुरु, नगरपालिकाले दियो दुई दिन बिदा

दार्चुला । बैतडीको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा आजदेखि जात्रा ‘देहिजाँत’ सुरु भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो ।

देहिजाँतको रूपमा परिचित मेला पशुबली सहित भव्य रुपमा लाग्ने गर्छ । मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन् ।

यस्तै देहिजाँतका लागि मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, निजि तथा सामुदायिक बिद्यालय, बैक तथा वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत सपना कार्किले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?