दार्चुला । बैतडीमा जिप दुर्घटना भएको छ । सोमबार बिहान जिल्लाको पाटन नगरपालिका वडा नम्बर १० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१ च००४३ नम्बरको जिप सिगास गाउँपालिका –३ को डुँडै नजिकै दुर्घटना भएको हो ।
जिपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका छन् ।
ब्रेक फेल भएर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
जिप सडकबाट करीब डेढसय मिटर तल खसेर पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया