९१ केजी गाँजासहित बझाङमा तीनजना पक्राउ

दार्चुला । बझाङमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिकामा आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा खप्तडछान्ना गाउँपालिका–७ गोरखाली बस्ने ६४ बर्षीय खडक खड्का, गोरर्खा जिल्ला अजिरकोट गाउँपालिका–२ खरिकोट बस्ने ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटेर्वा गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय रामबहादुर गुरुङ छन्।

उनीहरुको साथबाट गाँजाको दाना र धुलो गरी ९१ केजी, ५ सय १५ ग्राम र गाँजा बनाउन प्रयोग गरिने सामानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताउनुभयो।

नियन्त्रणमा लिएका तीनै जनालाई जिल्ला अदालत बझाङले १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?