कैलालीमा विवाहमा आएका युवकको कुटपिटबाट मृत्यु

दार्चुला । कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको हो । प्रहरीले कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका ९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

लम्कीचुहा नगरपालिका ९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?