समाज सुधारका लागि युवा एकता अभियानले टोल शिक्षा सिकाई सञ्चालन गर्दै

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीमा समाज सुधारका लागि युवा एकता अभियानले टोल शिक्षा सिकाई सञ्चालन गरेको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द भइ बालबालिका घरमै बस्नुपर्दा दिक्क र चिन्तित भएको अवस्थामा समाजले टोल शिक्षा शुरु गरेको जनाएको छ ।

युवा एकता अभियान आवद्ध युवाहरुले कोरोना भाईरसका कारण शृजित परिस्थितीले बालबालिकाको पढाई प्रभावित भएको भन्दै घर दैलो कार्यक्रम गरि टोल टोलमा उप समिती गठन गरि टोल सिकाई शिक्षण सञ्चालन भइरहेको बताएका छन् । कसैले पनि शिक्षाक्षेत्रमा चासो नदिएको बेलामा युवा एकता अभियानले भने टोल सिकाइमा चासो देखाएका छन ।

सामाजिक विकृती विसंगती र कुरीती विरुद्धको अभियान सञ्चालन गर्दै आएको युवा एकता अभियानले पहिलो पटक शुक्रबारबाट टोल शिक्षा सिकाइ कार्यक्रम सञ्चालन गर्न लागेको समाज सुधारका लागि युवा एकता अभियान लेकमका अध्यक्ष महादेब साउँदले जानकारी दिनुभयो ।

प्रतेक टोलहरुमा उप-समिति गठन गरि टोलहरुमा उप_समितिलाई नै टोल सिकाइको जिम्मेवारी दिएको पनि उहाले जानकारी दिनु भएको छ।

साथै लेकम गाउँपालिका मदिरा निषेधित क्षेत्र भएपनि खुलेआम मदिरा बेचबखन तथा आसारपोसार भईरहेकोले त्यस्ता गतिविधि नियन्त्रण गर्ने उदेश्यले विभिन्न टोलमा समिती तथा उप समिती गठन गरिएको समाज सुधारका लागी युवा एकता अभियानका सदस्य दिपक साउँदले बताउनुभयो ।

समितिले समाजमा भईरहेको विकृती विसंगती र भ्रष्टाचार न्युुनिकरणका लागी विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने उहाँको भनाई छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?