दार्चुला । बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ को गुरेल्थुमा से १ ज ५९३ नम्बरको जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार शनिवार चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको जीप कोल्ढुङ्गा नजिकै दुर्घटनामा परेको हो । जीपमा सवार सबै यात्रु सकुशल रहेका छन्। चालक दिनेश धामीलाई चोट लागेको छ।
उनको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




