मावि चौपातामा किशोरीलाई आत्मरक्षा तालिम, कुरीतिविरुद्ध सचेतना फैलाउन निगरानी समुह गठन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना मावि चौपातामा मंगलबार (आज) बाट किशोरी आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा उक्त तालिम मंगलबार र बुधबार दुई दिन सञ्चालन हुने लटिनाथ नमुना माविका सहायक प्रद्यानाध्यापक महेश राज जोशीले बताउनुभयो । कक्षा ६ देखि १० सम्मका एक सय जना विद्यार्थीहरुले सो तालिम लिइरहेका छन् ।

असुरक्षा तथा हिसांबाट बच्नका लागि सीप सिकाउने उद्धेश्यले आत्मरक्षा तालिम प्रदान भइरहेको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले बताउनुभयो । मावि चौपातामा सञ्चालित उक्त तालिममा कृष्ण सिंह धामी प्रशिक्षक रहनुभएको छ । यो वर्ष राष्ट्रिय मावि दत्तु र लटिनाथ मावि चौपाताका एक÷एक सय गरी जिल्लाभरी दुई सय जनालाई आत्मरक्षा तालिम दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यसैबिच मावि चौपातामा साथी शिक्षा कार्यक्रम अन्तरगत निगरानी समिति गठन गरिएको छ । सामाजिक कुरीति तथा बिकृतिका विरुद्धमा जनचेतना फैलाउने उद्धेश्यले विद्यार्थीहरुको निगरानी समुह गठन गरिएको हो । सानै छौँ पढ्न देउ, बालबिवाह हैन बढ्न देउ लगायत नारा लगाएर सामाजिक कुरीति विरुद्ध जनचेतना फैलाउन निगरानी समुह गठन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ ।

कक्षा ६ देखि १२ सम्मका १९ जना विद्यार्थी छनोट गरि साथी शिक्षा निगरानी समुह गठन गरिएको लटिनाथ नमुना माविका सहायक प्रधानाद्यापक महेशराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षकहरुको पाँच सदस्यिय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?