बैतडीमा एक महिला मृत फेला

दार्चुला । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ बिष्टपाली घर भएकी २१ बर्षीया बिनिता बिष्ट मृत अवस्थामा फेला परेकी हुन् ।

शनिबार बिनिता आफ्नै घर नजिकैको बैसको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो । मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ ।

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?