दार्चुला । डोटीमा एक जनाको शव फेला परेको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ स्थित सिद्ध बाबा मन्दिर नजिक खोलामा पुरुषको शव भेटिएको हो। वडा अध्यक्ष जगत बहादुर मल्लका अनुसार शनिवार साँझ नाम, ठेगाना वतन नखुलेको पुरुषको शव फेला परेको हो ।
जङ्गलमा घाँस काट्न गएका स्थानीय महिलाले देखेपछि खबर पाएपछि वडा सदस्य र स्थानीय प्रहरी घटना स्थलतर्फ गएको वडा अध्यक्ष मल्लले बताउनुभयो । शव एक दुई दिन अगाडी देखिको हुन सक्ने अध्यक्ष मल्लले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




