बैतडीको सुर्नयागाड विद्युत गृह सञ्चालन गर्न प्राबिधिक टोलीद्धारा अनुगमन

दार्चुला । बैतडीको सुर्नया गाड विद्युत गृह सञ्चालनको लागि शनिबार स्थलगत अनुगमन गरिएको छ । २०७९ जेठ १४ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विद्युत गृहको मर्मत गरी सञ्चालन गर्नको लागि विद्युत प्राधिकरणको आयोजना विकास विभाग र विद्यतु वितरण केन्द्र बैतडीको प्राविधक टोलीले स्थलगत अनुगमन गरेको हो ।

केही प्राविधिक उपकरणको व्यवस्थापन तथा मर्मतको काम भएको अवस्थामा छिट्टै एक सय किलोवाट विद्युत उत्पादन गर्न सकिने देखिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।

सिचाई र विद्युत गृह सञ्चालनको लागि प्रयोग हुने नहरमा पानीको मात्रा पनि कम रहेको पाइएको छ । केही दिनमा पानीको नहर सफाई गरिने र त्यसमा पानीको मात्रा बढेको अवस्थामा विद्युत गृह सञ्चालनको लागि प्राबिधिक उपकरणको व्यवस्थापन गरि सञ्चालनको तयारी अघि बढाइने प्रमुख पौडेलले बताउनुभयो ।

विद्युत वितरण केन्द्र बैतडीले सुर्नया गाड विद्युत गृह पूर्ण सञ्चालनको लागि आयोजना विभागलाई पत्राचार गरेको छ । उक्त गृहको दुवै युनिटबाट विद्युत गृह सञ्चालन गर्नसके २ सय किलोवाड विद्युत उत्पादन गर्न सकिने वितरण केन्द्र बैतडीले जनाएको छ ।

हाललाई एउटै युनिबाट पनि विद्युत सञ्चालन गरी सय किलोवाट विद्युत उत्पादनको लागि पहल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?