दार्चुला । बझाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर १ बिलै बस्ने २५ वर्षीय राम कुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार बिहान चौडाम बगर धामीराटी कुलोमा पानी फर्काउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नेक्रममा चौडमा बगरको कान्द्वाल भीरमा हिजो साँझ ७।४५ मृत्यु फेला परेका थिए ।
मृतक भण्डारीको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया